close

‘श्रमाधान’ अर्थात् ११४१

‘श्रमाधान’ अर्थात् ११४१

Trulli
ADVERTISEMENT

काठमाडौं- १३५औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको सुरू गरेको छ । मन्त्री डोलप्रसाद अर्यालले उक्त सेवाको सुरू गरेका हुन् ।

श्रमाधान सेवा सुरुवात गर्दै उनले नेपाली स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले प्रभावकारिताका लागि यो सेवा थालिएको बताए । श्रम श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको मन्त्री अर्यालले बताए ।

श्रमाधानमा ७ क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेश गरिएको मन्त्री अर्यालले बताए । इन्द्रेणीका सात रङसँग मेल खानेगरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङसँग जोडिएको उनको भनाइ थियो । विदेशबाट फर्किसकेपछि श्रमिकले सिकेको सीप, पूँजी र ज्ञानलाई सम्बोधनलाई पनि समावेश गरिएको उनले जानकारी दिए ।

श्रमिकले सिकेको सीप, पूँजी र ज्ञानलाई सम्बोधन गर्ने गरी अवकाशपछिको आरम्भ भन्ने नारासमेत राखेको अर्यालले बताए । श्रमाधानमा रोजगार बैंक कार्यक्रम पनि समावेश गरिएको छ ।

रोजगार बैंकमा गौरवका आयोजना र नेपाल सरकारसँग रोजगारदाता र श्रमिक जोडिने गरी काम भइरहेको भन्दै उनले श्रमाधानमा सबै नेपालीको श्रमलाई उच्च प्राथमिकता दिँदै समानताको प्रत्याभूति दिने उद्देश्य श्रमाधान समता कार्यक्रम पनि समावेश रहेको बताए ।

सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बर समेत सार्वजनिक गरिएको छ । समस्यामा परेको श्रमिकले फोनबाट मात्रै नभएर सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ ।