close

गाेदावरी नगरपालिका : डँढेलो निभाउँदा मृत्यु भएका रमेश र शंकरको परिवारलाई राहत

गाेदावरी नगरपालिका : डँढेलो निभाउँदा मृत्यु भएका रमेश र शंकरको परिवारलाई राहत

Trulli
ADVERTISEMENT

ललितपुर— गोदावरी नगरपालिकाले बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउन जानेक्रममा घाइते भएर उपचारको  क्रममा मृत्यु भएका रमेश पहरी र शंकर पहरीका परिवारलाई ५(५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

गोदावरी नगरपालिकाको बुधबार बसेको बोर्ड बैठकले शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै यस्तो निर्णय गरेको हो । डढेलो निभाउन जानेक्रममा घाइते भएर कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारर्थ शंकर पहरीको मंगलबार र रमेश पहरीको बुधबार बिहान मृत्यु भएको थियो ।

गोदावरी नगरपालिका–६ लेलेको आनन्द वनमा लागेको डढेकोका कारण अस्पतालमा उपचारर्थत ९३ जना कुष्ठ पीडितलाई चापागाउँको बज्रबाराही अस्पतालमा स्थानान्तरण गरिएको गोदावरी नगरपालिकाले जनाएको छ ।