close

सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा, उत्कृष्ट डीआईजी शाह मानवश्राेत विभागमा (सूचीसहित)

सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा, उत्कृष्ट डीआईजी शाह मानवश्राेत विभागमा (सूचीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं- सशस्त्र प्रहरी बलका १६ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट १६ डीआईजीहरुको सरुवा गरिएको हो । सरुवा सूची अनुसार नं. २ छिन्नमसता बाहिनी मुख्यालय महोत्तरीमा कार्यरत डीआईजी दीपेन्द्र शाह मानवश्रोत विभागमा पुगेका छन् । सातै प्रदेशका डिआईजीहरुमध्ये उत्कृष्ट भएर सम्मानीत भएका डिआईजी शाहलाई मानवश्रोत विभागको जिम्मेवारी दिइएको छ ।

गणेशबहादुर ठाडा मगरको सीमा सुरक्षा विभागबाट नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ ।

सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका अभिकुमार खत्रीको नं. ५ बिन्ध्यावासिनी बाहिनी रुपन्देहीमा सरुवा गरिएको छ ।

हेर्नुहोस्, सरुवा सूची