close

कोरोना नियन्त्रणमा देउमाईको ५६ लाख  खर्च

कोरोना नियन्त्रणमा देउमाईको ५६ लाख  खर्च

Trulli
ADVERTISEMENT

इलाम - इलामको देउमाई नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण गर्न ५६ लाख ७६ हजार ५३ रुपैयाँ खर्च गरेको छ ।


नगरपालिकाले क्वारेन्टाइन निर्माण र व्यवस्थापनमा २२ लाख २९ हजार २  सय ९४ रुपैयाँ खर्च गरेको छ । नगरका सबै वडामा २५ शैया, इन्टरनेटसहितको क्वारेन्टाइन निर्माण गरेर सञ्चालन गरिएको नगरपालिकाले बताएको छ । सबै वडामा क्वारेन्टाइन भए पनि अहिले १ नम्बर वडाको क्वारेन्टाइन मात्र सञ्चालनमा रहेको नगरपालिकाका सूचना अधिकारी गोविन्दराज बास्तोलाले बताए । 


क्वारेन्टाइनमा बस्नेका लागि नगरपालिकाले २ सय ७५ थान खाट खरिद गरेको छ । क्वारेन्टाइन बनाउने विद्यालयमा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्दा अलि बढी खर्च देखिएको लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।


महामारीको समय समस्यामा परेका २ सय ६८ विपन्न घरपरिवारलाई ३ प्याकेजमा गरी राहत वितरण गरिएको थियो । राहतमा चामल, नुन, तेल, दाल, चिनी नुहाउने साबुन र लुगा धुने साबुन दिइएको छ । राहत वितरणमा ७ लाख ८५ हजार आठ सय ४४ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।  


क्वारेन्टाइनमा बस्ने र कोभिड नियन्त्रण फ्रन्ट लाइनमा काम गर्नेका लागि नगरपालिकाले ६ लाख ५४ हजार ५ सय ८६ रुपैयाँको पिसिआर र आरडिटी किट खरिदमा खर्च गरेको छ । ३ लाख ५४ हजार २ सय ५० को पीपीई, २ लाख २५ हजारको स्यानिटाइजर, १ लाख ६४ हजार २ सयको फिल्टर मास्क खरिद गरेको नगरपालिकाको खर्च विवरणमा उल्लेख छ ।


महामारी नियन्त्रणका गर्न नगरको विभिन्न स्थानमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थानमा १ लाख ५२ हजार ६ सय ९० खर्च भएको छ । नगरपालिकाले वडा–३ गाग्रेभन्ज्याङ, वडा– ८ को बुद्धचोक र वडा–५ को धुसेनीमा हेल्थ डेस्क स्थापना गरेको थियो 


सवारी साधन भाडा, प्रहरी कर्मचारी भत्ता, इन्धनलगायत विविध शीर्षकमा ५ लाख ६० हजार ३ सय ७४ रुपैयाँ खर्च भएको सूचना अधिकारी गोविन्द बास्तोलाले बताए । प्रदेश सरकारले १० लाख उपलब्ध गराएको उनको भनाइ छ  ।