close

बडिमालिकाले ल्यायो कृषि र पूर्वाधार केन्द्रित बजेट 

बडिमालिकाले ल्यायो कृषि र पूर्वाधार केन्द्रित बजेट 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बडिमालिका नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ५० करोड ६५ लाख ७७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।


नगर उपप्रमुख कविता विष्टले नगरसभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् । चालूतर्फ २८ करोड ९२ लाख र पुँजीगततर्फ २६ करोड ५८ लाख २८ हजार रुपैयाँको बजेट विनियोजन गरिएको हो । 


यो आर्थिक वर्षका लागि नगर उपप्रमुख विष्टले आर्थिक विकासतर्फ १ करोड ५८ लाख, कृषितर्फ ७० लाख ७० हजार, सामाजिक क्षेत्रमा २५ करोड ३ लाख, पूर्वाधार विकासमा १ करोड ८६ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ९१ लाख ६६ हजार रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको छ ।


जनमैत्री प्रशासन अभियानका लागि ९ करोड ५६ लाख रुपैयाँ छुट्याइएको छ ।