close

कैलारी गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट

कैलारी गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट

Trulli
ADVERTISEMENT

कैलाली- कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६३ करोड ५ लाख २५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 


बिहीबार आठौँ गाउँसभा अधिवेशनमा पालिका उपाध्यक्ष लक्ष्मी सत्गौवाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ५ लाख २५ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् ।


६० करोड ८९ लाख ६७ हजार र गैरसरकारी संस्थाको २ करोड १५ लाख ५८ हजार रुपैयाँ गरी उक्त बजेट आएको हो । 


कैलारी गाउँपालिकाले पूर्वाधार र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखी ३-३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


संघीय सरकारबाट प्राप्त हुने ५२ करोड ४७ लाख ९ हजार, प्रदेश सरकारबाट प्राप्त हुने २ करोड ७९ लाख ५८ हजार गाउँपालिकाको आन्तरिक आय २ करोड ६३ लाख र आन्तरिक स्रोततर्फ चालू आवको बचत ३ करोड रुपैयाँ गाउँपालिकाको आगामी आर्थिक वर्षको आयको रूपमा रहेको छ ।