close

पाथीभरा याङ्बरकको बजेट ४२ करोड बढी 

पाथीभरा याङ्बरकको बजेट ४२ करोड बढी 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ लागि ४२ करोड २९ लाख ६८ हजार २ सय ९० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 

बिहीबार सम्पन्न १० औं गाउँसभामा उपाध्यक्ष रनमाया गुरुङले आव २०७८/७९ का लागि चालूतर्फ २७ करोड ४२ लाख १८ हजार १ सय ९० र पुँजीगततर्फ १४ करोड ८७ लाख ५० हजार १ सय रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

 

यसमा चालूतर्फ २७ करोड ४६ लाख १८ हजार १ सय ९० र पुँजीगततर्फ १४ करोड ८७ लाख ५० हजार १ सय रुपैयाँ रहेको गुरुङले बताइन् ।

 

पालिकाले आगामी आवका लागि बजेट तयार गर्दा संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, ससर्त, समपुरक र राजस्व बाँडफाँट, आन्तरिक स्रोत र चालू आर्थिक वर्षको नगद मौज्दात (अल्या) लाई समेत आधार मानेको छ ।

 

गाउँपालिकाले संघीय सरकारबाट वित्तीय समानीकरणमा ११ करोड २१ लाख, ससर्त अनुदानतर्फ १७ करोड ६८ लाख, विशेष अनुदानतर्फ १ करोड ६६ लाख र राजस्व बाँडफाँटतर्फ ५ करोड ६३ लाख ६० हजार गरी कुल ३६ करोड २० लाख ६० हजार रुपैयाँ प्राप्त हुने बजेट सिलिङ पाएको थियो । 

 

प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ६४ लाख १८ हजार, ससर्त अनुदानमा ५ लाख ६२ हजार, समपुरक अनुदानमा १ करोड र राजस्व बाँडफाँटतर्फ २५ लाख ७८ हजार २ सय ९० रुपैयाँ गरी कुल १ करोड ९५ लाख ५८ हजार २ सय ९० रुपैयाँ अनुदानको बजेट सिलिङ पाएको थियो । 

 

पालिकाले मालपोत करसमेत गरी कुल २३ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने र बाँकी रकम नगद मौज्दातबाट बेहोर्ने गरी सवा ४२ करोड रुपैयाँ हाराहारीको बजेट ल्याएको हो ।

 

दसौँ गाउँसभा अधिवेशनमा पालिका अध्यक्ष केशरकुमार सुब्बाले स्थानीय सरकारले कसैलाई लाखापाखा नगर्ने हुँदा सत्तापक्ष र प्रतिपक्षको कल्पना गरिन नहुनेमा जोड दिए।