close

सिदिङ्वाको बजेट ४२ करोड 

सिदिङ्वाको बजेट ४२ करोड 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले ४२ करोड बढी रकमको बजेट ल्याएको छ । ७औं गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिका उपाध्यक्ष जीवनकुमार ताम्लिङले ४२ करोड २ लाख २९ हजार रुपैंया बराबरको बजेट प्रस्तुत गरेका हुन् । 

 

यो मध्ये वडा तथा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ७ करोड ७० लाख बजेट बिनियोजन भएको छ । विकास सहितका अन्य कार्यका लागि ३४ करोड ३२ लाख रकम बिनियोजन भएको छ । 

यो रकम मध्ये चालूतर्फ १९ करोड ४७ लाख ३३ हजार अर्थात् ५७ प्रतिशत र पुँजीगततर्फ १४ करोड ८४ लाख ९६ हजार अर्थात् ४३ प्रतिशत बजेट रहेको उपाध्यक्ष ताम्लिङले जानकारी दिए । 

 

कोरोना संक्रमणका कारण संवैधानिक व्यवस्था अनुसार १० असारमै बजेट ल्याउन असर्मथ रहेको सिदिङ्वाले २५ साउनको २ बजेका लागि बजेट अधिबेशनको मिति तोके पनि २६ साउनको अपरान्ह तिरमात्रै नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको हो ।