close

उदयपुरका स्थानीय तहमा बेरुजुको चाङ

उदयपुरका स्थानीय तहमा बेरुजुको चाङ

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरका ८ स्थानीय तहमा बेरुजुको चाङ भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षण प्रतिवेदनमा यस्तोे देखिएको हो ।महालेखाले उदयपुरका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । महालेखाले सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनमा उदयपुरका स्थानीय तहमा आर्थिक बेथिति भएको भेटिएको हो ।


महालेखाका अनुसार आर्थिक वर्ष २०७६\७७ उदयपुरमा सबैभन्दा बढी कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबभन्दा कम उदयपुरगढी गाउँपालिकाको छ ।


प्रतिशतका हिसाबले आर्थिक वर्ष २०७६\७७ मा सबैभन्दा बढी बेरुजु लिम्चुङबुङ गाउँपालिका र सबैभन्दा कम उदयपुरगढी गाउँपालिकामा देखिएको प्रतिवेदनमा उल्लेख छ । 

 

महालेखाका अनुसार कटारी नगरपालिकामा १ अर्ब ६३ करोड ९४ लाख २३ हजारमध्ये ५ करोड ४३ लाख २७ हजार रुपैयाँ अर्थात् ३.३१ प्रतिशत, त्रियुगा नगरपालिकामा २ अर्ब ४२ करोड ७ लाख ६९ हजारमध्ये बेरुजु ५ करोड ४ लाख ८६ हजार अर्थात् २.०९ प्रतिशत देखिएको छ ।

 

यस्तै, बेलका नगरपालिकाको १ अर्ब ४४ करोड ५ लाख ३५ हजारमध्ये २.७९ प्रतिशत अर्थात् ४ करोड १ लाख ७९ हजार, रौतामाई गाउँपालिकाको ९७ करोड ७८ लाख ४६ हजारमध्ये ३.६८ प्रतिशत अर्थात् ३ करोड ५९ लाख ५४ हजार रुपैयाँ बेरुजु रहेको छ ।


लिम्चुङबुङ गाउँपालिकाको ५७ करोड २२ लाख ६८ हजार बजेटमध्ये ३.८१ प्रतिशत अर्थात् २ करोड १८ लाख १३ हजार, चौदण्डीगढी नगरपालिकाको १ अर्ब ६१ करोड ५५ लाख ५३ हजारमध्ये १.२२ प्रतिशत अर्थात् १ करोड ९६ लाख ३८ हजार रुपैयाँ बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ ।


ताप्ली गाउँपालिकाको ६६ करोड ३ लाख ३७ हजारमध्ये २.५३ प्रतिशत अर्थात् १ करोड ६७ लाख २३ हजार र उदयपुरगढी गाउँपालिकाको १ अर्ब १८ करोड १५ लाख ८७ हजारमध्ये ०.८३ प्रतिशत अर्थात् ९८ लाख ४ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा जनाइएको छ ।

बजेटको हिसाबले बेरुजु कटारी नगरपालिका पहिलो ५ करोड ४३ लाख २७ हजार, दोस्रो त्रियुगा नगरपालिका ५ करोड ४८ लाख ६ हजार, तेस्रो बेलका नगरपालिका ४ करोड १७ लाख ९ हजार, चौथो रौतामाई गाउँपालिका ३ करोड ५९ लाख ५४ हजार, पाँचौँ लिम्चुङबुङ गाउँपालिका २ करोड १८ लाख १३ हजार, छैटौँ चौदण्डीगढी नगरपालिका १ करोड ९६ लाख ३८ हजार, सातौँ ताप्ली गाउँपालिका १ करोड ६७ लाख २३ हजार र आठौँमा उदयपुरगढी गाउँपालिका ९८ लाख ४ हजार प्रतिवेदनमा उल्लेख छ ।