close

जगन्नाथमा बाढीपहिरोले साढे ४ करोड बढीको क्षति 

जगन्नाथमा बाढीपहिरोले साढे ४ करोड बढीको क्षति 

Trulli
ADVERTISEMENT

बाजुरा– बेमौसमी वर्षासँगै जुड्डी खोलामा आएको बाढीपहिरोका कारण जगन्नाथ गाउँपालिकामा करोडौँको नोक्सान भएको छ । बेमौसमी वर्षाका कारण बाढीपहिरो जाँदा गाउँपालिकामुनि रहेको कर्णाली नदीले जमिन कटान गर्दा जगन्नाथमा करोडौँको धानबालीमा क्षति भएको हो । 

 

वर्षाले जगन्नाथ पालिकाको प्रशासनिक काम सञ्चालन हुँदै आएको कार्यालयसमेत बगाएको छ । बाढीले गाउँपालिकामा ४ करोड ५० लाख रुपैयाँ बढीको क्षति पुर्‍याएको पालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।


बेमौसमी वर्षाले खोलामा बाढी आएपछि जमिनको सतह कटान गर्दा पालिकाको कार्यालय क्षतिग्रस्त भएको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले जानकारी दिए । बाढीले पालिका कार्यालयका साथै कागजपत्रसमेत बगाएको अध्यक्ष शाहीले बताए ।

 

२ कात्तिक दिउँसोको अविरल वर्षाका कारण वडा नम्र २ र ३ को बीचमा पर्ने जुड्डीखोलामा बाढी आएको थियो । बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, प्रहरी चौकीका ७ कोठा बगाएको छ । त्यस्तै, ५ शय्याको अस्थायी कोभिड अस्पताल र गाउँपालिकाको सभाहल पनि बगाएको छ ।


अस्पताल बगाएपछि स्वास्थ्य सेवा सबै बन्द भएका छन् । अस्पताल सञ्चालन गर्ने ठाउँ नभएपछि २ सातादेखि उपचार सेवा बन्द रहेको पालिकाले जनाएको छ ।
सेवा बन्द भएसँगै स्थानीयलाई उपचारका लागि कोल्टी जानुपरेको छ । गाउँपालिकाको कार्यालय पनि अहिले टिनको खोकामा सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कुम्भराज जोशीले बताए ।


कार्यालयमा फर्निचर, स्रेस्ता, औषधी, उपकरण, कम्प्युटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, कार्पेट, लुगाकपडा, खेल मैदान, जुड्डीखोला लघु जलविद्युत् आयोजनाको तार, पोल र मुहान खोलाले बगाएको छ ।


गाउँपालिका कर्णाली नदी र जुड्डी खोलाको जोखिममा परेको छ । पालिकाको कार्यालय बगाएपछि गाउँपालिकाबाट हुने प्रशासनिकदेखि सबै काम प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।


‘एकातिर जुड्डी खोलाले कटान सुरु गरेको छ भने अर्कोतिर कर्णाली नदीले कटान गरेर जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डी जोखिममा परेको छ । धेरै भाग बगाइसकेको छ । केही भाग मात्र बचेको छ । यो पनि कुन दिन बगाउने हो’, गाउँपालिका अध्यक्ष शाहीले भने । प्रहरी चौकीसमेत खोलाले बगाएपछि अहिले अस्थायी रूपमा टिनको खोकामा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।


 
सरोकारवालासँगको निरन्तर छलफलपछि बर्दिबास नगरपालिका वडा नम्बर ४ स्थित माईस्थान सामुदायिक वनभित्र करिब ४९ हेक्टर क्षेत्रफलमा मेडिकल कलेजको संरचना निर्माण गरिने