close

संघीय संरचना अगावै नगरपालिकालाई बजेट !

१० वर्षदेखि अपडेटमा नगरी बेवसाइट राखिए पनि अपडेट गर्ने कर्मचारी भने कार्यरत

संघीय संरचना अगावै नगरपालिकालाई बजेट !

१० वर्षदेखि अपडेटमा नगरी बेवसाइट राखिए पनि अपडेट गर्ने कर्मचारी भने कार्यरत

Trulli
ADVERTISEMENT

सिरहा- पहिलो स्थानीय तहको निर्वाचन विसं २०७४ र दोस्रो स्थानीय तहको निर्वाचन विसं २०७९ ले मात्र स्थानीय तहको सरकालाई चिनेको छ । संघीय संरचनापछि स्थानीय तहले सरकार पाएको बल्ल ६ वर्ष हुँदैछ । 

तर, सिरहा जिल्लाको सिरहा नगरपालिकामा भने स्थानीय निकायकै बजेटमात्र नगरपालिकाको वेबसाइटमा राखिएको छ । त्यो पनि १० वर्षअघि अर्थात आर्थिक वर्ष २०७०/०७१ को बजेटमात्र वेबसाइटमा रेकर्डेड छ । नगरपालिकामा कम्प्युटर अधिकृत र कम्प्युटर अपरेटर पनि कार्यरत छन्  । साथै करिब एक दर्जन अधिकृत स्तरका कर्मचारी कार्यरत छन् । 

सिरहा नगरपालिका प्राविधिक रुपमा किन गैह्रजिम्मेवार भन्ने प्रश्नमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव अनविज्ञता प्रकट गर्छन् । आफू गत असोज १८ गतेमात्र पालिकामा हाजिर भएकोले थाहा नभएको पालिकाखबरसँग दाबी गर्छन् । 

प्रमुख प्रशासकीय अधिकृत यादव पहिलो पटक सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई आएका भने होइनन् । उनी यसअघि आर्थिक वर्ष २०७६/०७७ र आव ०७७/०७८  गरी २ वर्षसम्म सिरहाको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत थिए । उक्त समयमा अपडेट भएको उनले दाबी गरे पनि वेबसाइटमा भने देखिएन । 

यस विषयमा नगरप्रमुख डा. नविनकुमार यादवसँग पटक-पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सिरहा नगरपालिका २०५३ सालमा गाविसबाट नगरपालिका भएको स्थानीय तह हो ।