close

नगरप्रमुख बस्यालद्वारा भूतपूर्व सैनिक भवन उद्घाटन

नगरप्रमुख बस्यालद्वारा भूतपूर्व सैनिक भवन उद्घाटन

Trulli
ADVERTISEMENT

नवलपरासी- नवलपरासीको  बर्दघाट नगरपालिका वडा- ९ भुताहास्थित नेपाल संयुक्त भूतपूर्व सैनिक कल्याणकारी संस्थाले भवन निर्माण गरेको छ । उक्त भवनको  बर्दघाट नगरप्रमुख धीरज शर्मा बस्यालले उद्घाटन गरेका हुन् ।


संस्थाको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन अवसरमा नगरप्रमुखले उक्त संस्थाको दुई तले भवन उद्घाटन गरेका हुन् ।


कार्यक्रममा नगरप्रमुख बस्यालले भूपूसैनिकहरूले विदेशमा गरेको श्रमलाई  स्वदेशमै प्रयोग गरेर मुलुकलाई समृद्धिको बाटोमा लैजानुपर्ने आवश्यकता औँल्याए ।


‘अब कृषिमार्फत समृद्धिको यात्रा तय गर्नुपर्छ’, उनले भने, ‘यसका लागि हामी तत्पर छौँ । कृषिमा पाँच करोड रुपैयाँ विनियोजन गरेका छौँ ।’


अपूरो रहेको भवनमा नगरपालिकाबाट पाँच लाख र बाँकी भूपूहरूबाट संकलन गरी करिब १६ लाख रुपैयाँ खर्च भएको नवनिर्वाचित अध्यक्ष पूर्णमान श्रेष्ठले बताए ।


‘भवन निर्माणमा करिब १६ लाख रुपैयाँ खर्च भएको छ’, उनले भने, ‘अझ गर्नुपर्ने काम बाँकी नै छन् ।’


नगरपालिकाले ५०/५० को कार्यक्रमअनुसार पाँच लाख रुपैयाँ प्रदान गरेको संस्थाले जनाएको छ ।