close

बनायो आफ्नै भवन तात्यो खप्तडछान्ना

बनायो आफ्नै भवन तात्यो खप्तडछान्ना

Trulli
ADVERTISEMENT


बझाङ- खप्तड छान्ना गाउँपालिकाको नयाँ भवनको गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाले शिलान्यास गरेका छन् ।  


बुधबार एक कार्यक्रमबीच पूजाआजासहित भवनको शिलान्यास गरिएको हो । उक्त भवनको विकोइर सुर्मा सरोबर जेभीले ठेक्का पाएका छन् । ५ करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन २०७९ असारभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । 


तर,  लक्ष्यभन्दा अगाडि २०७८ असारभित्रै सम्झौताको एक वर्षअघि नै भवन सम्पन्न गर्ने विकोइर सुर्मा सरोबर जेभीका प्रमुख दलबहादुर बिष्टले दाबी गरे । २८ कोठे भवन अपांगमैत्री, बालमैत्री र अत्याधुनिक बन्ने गाउँपालिकाका अध्यक्ष रोकायाले बताए । 


हाल गाउँपालिका कार्यालय भाडामा संचालनमा छ । शिक्षा, कृषिका शाखाहरू भने गाउँपालिकाले नयाँ निर्माण गरेको भवनमा सरिसकेका छन् ।

 

भवन निर्माणका लागि स्थानीय बासिन्दा तथा समाजसेवी सिद्धराज रोकाया, जनक रोकाया, रमेश रोकाया, रामबहादुर रोकाया, मानबहादुर रोकाया र हीरा रोकाया र हर्क रोकायाले ६ रोपनी जग्गा निःशुल्क दान गरेका थिए । उक्त जग्गाको मूल्य झन्डै २ करोड रुपैयाँ पुग्ने बताइएको छ ।