close

तराईसँग जोडिन सोक्तिमको यो प्रयास (भिडियो खबर)

तराईसँग जोडिन सोक्तिमको यो प्रयास (भिडियो खबर)

ADVERTISEMENT

इलाम - इलामको २२ दशमलव ५ किलोमिटर सडक मध्ये गाग्रे भञ्ज्याङदेखि सोयाक खरायो डाँडासम्म सडकको काम धमाधम भइरहेको छ । सडक चौडा बनाउँदै, दायाँ बाँया ग्याबिङ वाल लगाउँने काम चलिरहेको छ । पहिरो झर्ने ठाउँहरूमा भने बेस वालको काम गरिँदैछ । 

 

मेचिराजमार्गको देउमाई नगरपालिका रक्से बजारदेखि झापालाई जोड्ने वैकल्पिक द्रुत मार्गको रूपमा लिइएको यो सडकले जिल्लाको मध्य पश्चिम क्षेत्रको दजनौं गाउँलाई झापा हुँदै प्रदेश र संघीय राजधानीसम्म जोड्ने छ ।

 

यसका साथै पाँचथर, ताप्लेजुङसँगै तेह्रथुमको पूर्वी उत्तरी गाउँका वासिन्दालाई तराईसम्मको यात्राको समय छोट्याउने छ । सडक सञ्जालले जोडेका गाउँका नगदेबालीको बजार मूल्यमा वृद्धि हुनेमा स्थानीय ढुक्क छन् । 

 

स्थानीय क्षेत्रमा पर्ने दोस्रो कन्यामले चिनिने पर्यटकीय स्थल पानीटार, जिल्लाकै दोस्रो अग्लो झुल्के घाम हेर्ने सिद्धिथुम्का, नेपाली राजनीतिक इतिहाससँग जोडिएको खान्द्रुङ गुफा, रत्न सुरूङ, अजम्बरे, खत्रक्पा, ढोलेदेवी, गुफा थुम्की, कुइभीरसँग झ्याँउ पोखरी लगायतका पर्यटकीय ठाउँमा आन्तरिक तथा वाह्य आगन्तुक घुम्न आउँन सडकले सहज बनाउने अपेक्षा लिइएको छ ।

 

सडकले समग्र विकासको आधार तय गर्ने देखिन्छ । बारीमा फलाएको फसल तराइका बजारमा विक्री गरेर घर फर्कन सहज बनाउने छ । 

 

३९ करोड ८६ लाख १० हजार ५ सय ९ रुपैयाँमा दुई वर्षभित्र कालोपत्रे गर्ने गरी प्यासिफिक इलाइट जेभीले  ठेक्का लिएको भनिएपनि अन्य सडक क्षेत्रमा भने काम शुरू भएको छैन । सडक कालोपत्रेसँगै माई नगरपालिकाको लोदिया खोलामा निर्माणाधिन पुल सम्पन्न भएमा सबै सिजन सडक यातायात सहज बन्ने देखिन्छ ।