close

खेलकुद गतिविधि अगाडि बढाउँदै इलाम

ब्याडमिन्टन कभर्ड हल शिलान्यास

खेलकुद गतिविधि अगाडि बढाउँदै इलाम

ब्याडमिन्टन कभर्ड हल शिलान्यास

Trulli
ADVERTISEMENT

इलाम- इलाम नगरपालिकाले ब्याडमिन्टन कभर्ड हलको शिलान्यास गरेको छ । खेल पर्यटनको विकास गर्दै नगरको आम्दानीको क्षेत्र बढाउन कभर्ड हल शिलान्यास गरिएको हो ।

 

कोरोना महामारीले जिल्लामा खेलकुदका कार्यक्रम हुन नसके पनि पूर्वाधार निर्माणमा नगरपालिका जुटेको हो । नगरपालिकाको इलाम अस्पताल नजिक सब्जी बजारमा निर्माण गर्न लागेको कभर्ड हलमा फलामको ट्रस्ट लगाइनेछ । 

 

जमिनबाट ३ फिट वाल लगाएर फलामे ट्रस्ट वरिपरि जस्तापाताले बारिने निर्माण समितिका ज्ञानु दाहालले बताए ।


२ महिनामा निर्माण हुने गरी शिलान्यास गरिएको कभर्ड हल ५० लाख रुपैयाँ लागतमा सम्पन्न हुनेछ । त्यसका लागि ४० लाख नगरपालिका र १० लाख रुपैयाँ जनसहभागिताबाट जुटाइने नगरपालिकाले जनाएको छ ।

 

नगरपालिकाको खेलकुदको विकास गर्न टेबलटेनिस बोर्डसमेत वितरण गरेको छ । विद्यालय स्तरबाटै खेलको विकास गर्न टेनिस बोर्ड नगरका विभिन्न विद्यालयमा वितरण गरिएको हो ।

 

नगरपालिकाले सबै वडाका माध्यमिक विद्यालयमा टेनिस बोर्ड वितरण गरेको छ । दोस्रो चरणमा भने आधारभूत विद्यालयमा खेलकुद सामग्री वितरण गरिने नगरप्रमुख महेश बस्नेतले जानकारी दिए ।