close

पक्की पुलले जोडिए रामग्राम र जीतपुर 

पक्की पुलले जोडिए रामग्राम र जीतपुर 

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम- रामग्राम नगरपालिका वडा १० मा नवनिर्मित रामखण्डा पुल उद्घाटन गरिएको छ ।


वडा नम्बर १० को लक्ष्मीपुर र वडा नम्बर ४ जीतपुर गाउँ जोड्ने रामखण्डा पक्कीपुलको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले शनिवार उद्घाटन गरे ।

कार्यक्रममा नगर प्रमुख गुप्ताले यस नवनिर्मित पुलको प्रयोले स्थानीयहरु प्रत्यक्ष फाइदा लिने विश्वास व्यक्त गरे । नगर प्रमुख गुप्ताले यस पुल मार्फत स्थानीयहरु सहजै आवतजावत गर्न सक्ने र कृषिजन्य कार्यमा निकै सहज हुने बताए ।


उक्त पालुस्थान निर्माण सेवा सरावलले १ करोड २१ लाख ६८ हजारमा निर्माण गर्ने ठेक्का लिएको थियो  । जसमा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको ७० प्रतिशत र रामग्राम नगरपालिकाको ३० प्रतिशत लगानी गरेको नगरपालिकाका इन्जिनियर सतिश गुप्ताले जानकारी दिए ।


१८ मिटर लम्बाई र ८ मिटर चौडाइमा रहेको उक्त रामखण्डा पक्की पुलको निर्माणसँगै पुलको पूर्वपश्चिम २ सय  मिटर बाटो पनि बनाइ ग्रावेल गरिएको छ  ।


पुलको उत्तर दक्षिण साइड्मा तटबन्ध पनि निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले उक्त क्षेत्रको बाटो विस्तारका लागि २० लाख रुपैया लगानी गरिरहेको जनाएको छ ।

 

त्यस्तै नगरपालिकाले काशीपुर र पोखरापालीमा पनि निर्माण गर्न लागेको ती दुईवटा पुलको पनि शिलान्यासको तयारी रहेको जनाएको छ ।