close

कुश्मीसेरा जोड्ने सडकमा कालोपत्रे धमाधम

कुश्मीसेरा जोड्ने सडकमा कालोपत्रे धमाधम

Trulli
ADVERTISEMENT

बागलुङ– कोभिड–१९ महामारीका कारण निषेधाज्ञा भए पनि सदरमुकाम बागलुङ बजारदेखि जैमिनी नगरपालिका मुकाम कुश्मीसेरा जोड्ने सडकमा कालोपत्रे धमाधम भइरहेको छ ।

 

निर्माण कम्पनी कर्ण बिल्डर्सले कालोपत्रे  सकेर सहायक सडकमा ढलानको काम गरिरहेको हो । सडक कालोपत्रे गर्ने क्रममा स्टिमेटभित्र परेका सहायक संरचनाको कामलाई प्राथमिकता दिएर निर्माण भइरहेको कम्पनीका साइट म्यानेजर सन्दीप श्रेष्ठले बताए ।

 

बागलुङ नगरपालिका वडा नम्बर १३ पैँयुपाटाको पाग्जादेखि वडा नम्बर १२ टाकुरीसम्म कालोपत्रे गर्ने काम सकिएको छ । ‘हामीले जिम्मेवारी पाएको १० किलोमिटर सडक कालोपत्रे भएको छ । कोभिडका कारण हस्तान्तरण गर्न सकेनौँ,’ श्रेष्ठले भने, ‘निर्माणका क्रममा बचत गिटी, बालुवा र सिमेन्टले पुग्ने बेलासम्म सहायक मार्गको काम सक्छौँ ।’

 

बागलुङ नगरपालिका वडा नम्बर १३ र १४ वडामा पुग्ने ५ वटा सहायक सडकमा मूल सडकको काम गर्ने निर्माण कम्पनीले नै ढलान गर्ने स्टिमेट छ । झन्डै ५ सय मिटर सहायक सडक ढलान हुनेछन् ।

 

निषेधाज्ञा खुलेको पहिलो १ साताभित्र सडक हस्तान्तरण गरिने उनले जानकारी दिए । यो गण्डकी प्रदेश सरकारले सडकको स्तरीकरण गर्दा ‘क’ वर्गमा परेको सडक हो ।