close

सडकमा लगानी बडाउँदै ढोरपाटन, अक्करे भिर र खोला किनारका सडकको सास्ती भने उस्तै (भिडियो खबर)

सडकमा लगानी बडाउँदै ढोरपाटन, अक्करे भिर र खोला किनारका सडकको सास्ती भने उस्तै (भिडियो खबर)

ADVERTISEMENT

बागलुङ- खोला किनारमा बनेका सडक । हिउँदमा धुलो उडाउँदै गुड्ने सवारी वर्षाको समयमा थन्किएर बस्छन् । बागलुङको ढोरपाटन नगरपालिकामा बनेका सबै सडक कच्ची छन् । कच्ची सडकको समयमा मर्मत र पुनर्निर्माणका काम हुन नसक्दा ढोरपाटनवाासीले वर्षाको समयमा सास्ती खेप्दै आएका छन् । जसको एउटा उदाहरण हो अघिल्लो वर्षाको समयमा बगेको बुर्तिबाङ-ढोरपाटन सडक । भुजी खोलामा आएको बाढीले मानवीय नरसंहार मात्र गरेन सडक नै तहसनहस बनायो । केहि समय पछि पुनर्निर्माण भएको सडक समेत माटोमात्रै सम्याएर खोला छेउमा बनेका कारण यस वर्षको वर्षाको समयमा समेत स्थानीयले दुःख पाउने भएका छन् । 


ढोरपाटनमा बनेका सबै सडक ठाडो भीर र खोलाका छेवैमा छन् । भेल बाढी नतर्किने र पहिरोको सिकार सडक सधैं हुने गरेका छन् । हिउँदामा चल्ने तर वर्षाको समयमा नचल्ने सडकका कारण सधैंको सास्ती खेप्नुपरेको स्थानीय बताउँछन् । पालिका मुकाम र वडा मुकाम रहेको ठाउँसम्मको सडक सहज हुनुपर्ने स्थानीय बताउँछन् । तत्कालै सडक कालोपत्रे सम्भव नभएपनि सजिलो र फराकिलो सडक आवश्यक रहेको उनीहरूको भनाई छ ।

 

हरेक वर्ष नगरपालिकाले सडकको लागि निकै ठुलो लगानी गर्ने गरेको छ । लगानीको सहि सदुपयोग र योजना निर्माण पछि अनुगमन हुन नसकेका कारण सडकहरु बाह्रै महिना नचल्ने अवस्थामा पुग्ने गरेका हुन् । अफ्ठेरो सडकका कारण सवारीलाई सधैं समस्या हुने गरेको चालकहरु बताउँछन् ।  


यता, जनताको अपेक्षा अनुसार सडक निर्माण भएको नगरपालिका बताउँछ । नगरका सबै वडामा पुगेका सडक वडाको मुकामबाट पालिका मुकाम सम्म राम्रो सँग चल्दैन् । नगरपालिकाले मुकाम बुर्तिबाङ बजारलाई धुलो मुक्त बनाउने योजना अघि सारेको छ । 


स्थानीय सरकार मात्रै होईन ढोरपाटनमा प्रदेश र संघीय सरकारले निर्माण गरेका सडकमा समेत समस्या रहेको छ । ढोरपाटन नगरपालिकामा मध्य पहाडी लोकमार्ग, ढोरपाटन साल झण्डी सडक र नमुना सहर बिकास कार्यक्रमका सडक समेत निर्माणाधिन छ ।