close

प्रदेशले बजेट विनियोजनमा विभेद गरेपछि रकम फिर्ता गर्दै रजालीबासी

प्रदेशले बजेट विनियोजनमा विभेद गरेपछि रकम फिर्ता गर्दै रजालीबासी

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ३ रजालीका स्थानीयले प्रदेश सरकारलाई रकम फिर्ता लिन पत्राचार गरेका छन् । 


बजेट विनियोजनमा विभेद गरेको भन्दै उनीहरूले रकम फिर्ता दिन लागेका हुन् । आर्थिक मामिला मन्त्रालयलाई सम्बोधन गरेर पत्राचार गरिएको छ । 


रजालीबासीका नाममा लेखिएको पत्रमा मार्तडी-रजाली सडकमा हालेको बजेट फिर्ता लिन आग्रह गरिएका हो । आर्थिक मामिलामन्त्री प्रकाश शाहलाई सम्बोधन गरेर स्थानीयले पत्र लेखेका छन् ।
 
प्रदेश सरकारले क्रमागत बजेट पर्ने उक्त सडकमा यस पटक ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष १० लाख रुपैयाँ विनियोजन गरिएकामा यो वर्ष घटाएपछि रकम फिर्ता लिन आग्रह गरिएको हो ।


तत्कालीन जिविसबाट बजेट विनियोजित भई बडिमालिका नगरपालिका वडा नम्बर ९ मेलकाँध-रजाली-अम्लिस सडक निर्माण सुरु भएको थियो ।


सडकलाई निरन्तरता दिँदै पूर्वउद्योगमन्त्री कणर्बहादुर थापा उद्योगमन्त्री हुँदा रजाली अम्लिस-जडीबुटी पहुँच मार्गका नाममा रकम विनियोजन भएर सडकको काम सुरु भएको थियो ।


यो सडक पछि प्रदेश भौतिक मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय अछामबाट कार्यान्वयन भइरहेको छ । रजालीबासीले सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री शाहलाई विरोध जनाउँदै पत्र लेखेको स्थानीय धनराज सागरले बताए ।


मेलकाँदबाट रजाली-खातीभिटासम्म जम्मा ७ किलोमिटर र अम्लिससम्म २७ किलो मिटर सडक छ । त्यसमध्ये हाल ५ किलोमिटरसम्म कच्ची सडक निर्माण भएको छ ।


‘योजनाको बदनाम गरी बस्ती जोखिम बनाउनुभन्दा सो योजना हटाइदिन रजालीबासीद्वारा आर्थिक मामिलामन्त्रीलाई अनुरोध गर्दछाैँ,’ पत्रमा लेखिएको छ ।