close

तेह्रथुमको फेदापमा बन्यो हेलिप्याड 

तेह्रथुमको फेदापमा बन्यो हेलिप्याड 

Trulli
ADVERTISEMENT

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिकाले विपद्मा परेकालाई तत्काल उद्दार र राहत प्रदान गर्न हेलिप्याड निर्माण गरेको छ ।


सिकिस्त बिरामी, विपद्मा परेकालाई तत्काल उद्दार र राहत प्रदान गर्न फेदापमा हेलिप्याड आवश्यक देखिएकाले निर्माण गरिएको गाउँपालिका प्रवक्ता नवीनचन्द्र चोङबाङले बताए ।


सुत्केरी व्यथा लागेका र आकस्मिक बिरामीलाई तत्काल उद्दारका निम्ति हेलिप्याड निर्माण गरिएको हो ।

 

प्रदेश सरकारको एक स्थानीय तहमा एक हेलिप्याड नीतिअनुसार फेदाप गाउँपालिकाको वडा नम्बर १ सिम्ले र वडा नम्बर ३ जलजलेको सिमा देउबेँसीडाँडामा हेलिप्याड निर्माण सम्पन्न गरिएको हो ।


गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमबाट विनियोजित १५ लाख बजेटमार्फत हेलिप्याड निर्माण गरिएको फेदाप गाउँपालिकाका प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले जानकारी दिए । हेलिप्याड नेपाली सेनाको प्राविधिक टोलीले निर्माण गरेको हो ।