close

बाढीले जुम्लाका २३ सिँचाइ नहरमा क्षति 

बाढीले जुम्लाका २३ सिँचाइ नहरमा क्षति 

Trulli
ADVERTISEMENT

जुम्ला–कात्तिक पहिलो साताको बेमौसमी वर्षाको बाढीले जुम्लाका २३ सिँचाइ नहर (कुलो) मा क्षति पुर्‍याएको छ । बाढीले विशेषगरी तातोपानी र तिला गाउँपालिकामा रहेका सिँचाइ नहरमा क्षति पुर्‍याएको हो । 


बाढीले तिला वडा नम्बर ४ अन्तर्गत माथिल्लो लासी सिँचाइ कुलोमा १५ लाख, नाङगाँडा सिँचाइ योजनामा १५ लाख, किमिरुख सिँचाइ कुलोमा १५ लाख, बालु सिँचाइ कुलोमा १५ लाख, बिडुल्ली सिँचाइ नहरमा १० लाख रुपैयाँको क्षति गरेको छ ।


यस्तै, नाउला सिँचाइ योजना १५ लाख, अडाडी सिँचाइ योजना १० लाख, भुडारीज्यूला सिँचाइ आयोजनामा १० लाख, सिमकुलो सिँचाइ योजनामा १५ लाख रुपैयाँको क्षति गरेको छ । 

 

बाढीले भारखेत सिमकुलो सिँचाइमा १५ लाख, रावतवाडा सापुल्ली सिँचाइ योजनामा २५ लाख, गाडापाडी सिँचाइ योजनामा १० लाख, तलिचौर सिँचाइ कुलोमा १५ लाख, दाप्ले सिँचाइ कुलोमा १५ लाख), हप्पलीघट्ट सिँचाइ योजनामा २० लाख, लिडाला सिँचाइ योजनामा १५ लाख, लामीडाँडा सिँचाइ योजनामा ४ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ । 


चन्दननाथ नगरपालिका वडा नम्बर १ र २ माझकुलो सिँचाइ योजनामा २० लाख, चन्दननाथ वडा नम्बर १ ठिन्केकुलो सिँचाइ योजनामा १५ लाख, चन्दननाथ नगरपालिका वडा नम्बर ३ डिल कुलो सिँचाइ योजनामा १५ लाख, चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहरागाउँ घट्टेखोला सिँचाइ योजना र माछीखेत पखुलो सिँचाइ योजनामा १० लाख रुपैयाँ बाढीले क्षति गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । 

 


बाढीले सिँचाइ नहर कुलो बगाउँदा करोडौँको क्षति भएको कृषि प्राविधिक लक्षिराम महतले बताए । उनले भने, ‘अर्काे वर्ष बाली उत्पादनमा वृद्धि गर्न पहिलो प्राथमिकता क्षति भएका सिँचाइ नहरलाई राख्न आवश्यक छ ।’ 


कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दिनबन्धु श्रेष्ठले बाढी प्रभावित क्षेत्र पहिचान गरी विषयगत कार्यालयलाई काम अगाडि बढाउन निर्देशन दिएका छन् । राहत तथा उद्दारमा ढिला गर्न नहुने भन्दै प्रदेश र संघीय सरकारबाट सहयोग आउने उनको भनाइ छ । तत्कालीन जिल्लाका विषयगत कार्यालय र स्थानीय सरकारले छिटो काम गर्नुपर्नेमा उनले जोड दिए ।