close

गौमूलमा फन पार्क शिलान्यास

गौमूलमा फन पार्क शिलान्यास

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको गौमूल गाउँपालिकामा फन पार्क निर्माण हुने भएको छ । गौमूल गाउँपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको फन पार्कको शिलान्यास गरिएको हो । प्रतिनिधिसभा सदस्य सांसद लालबहादुर थापाले फन पार्कको शिलान्यास गरे । ६ करोड ३० लाख रुपैयाँ लागतमा फन पार्क निर्माण हुन लागेको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

 

संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गौमूल गाउँपालिकाको संयुक्त लगानीमा पार्क बनाउन लागिएको गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए ।

 

पार्क निमार्णका लागि गौमूल पालिका र सिएम प्याराडाइज प्रशंसा जेभी धनगढीबीच ठेक्का सम्झौता भएको छ । वडा नम्बर ४ चौरमा करिब १५ रोपनी क्षेत्रफलमा फन पार्क निर्माण अघि बढाइएको हो ।


फन पार्क निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पालिका उपाध्यक्ष सीता थापाले बताइन् । फन पार्कमा ३ वटा प्रशासनिक भवन, आकर्षक लाइटसहितको पिलर, विभिन्न ज्ञानवद्र्धक सामग्रीसहितको वाल अफ नलेज, अतिथिगृह, स्विमिङ पुल, वनभोज स्थल, बगैँचा, टेम्पो लाइट, पिङ, चिप्लेटीलगायत बालबालिकाका लागि विभिन्न खेल सामग्री, पार्क, होटल, पसल, टिकट काउन्टर, शौचालयजस्ता भौतिक संरचना निर्माण गरिनेछन् ।