close

चार वर्षमा हिमाले खन्यो ५७ किलोमिटर सडक 

चार वर्षमा हिमाले खन्यो ५७ किलोमिटर सडक 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्ला ०६२ मा राष्ट्रिय सडक सन्जालमा जोडिएको हो । कर्णाली राजमार्ग सुर्खेत, दैलेख र कालीकोट जिल्ला हँुदै जुम्ला राष्ट्रिय सडक सन्जालमा जोडिएको हो । जुम्ला सदरमुकाम खलंगा र कर्णाली राजमार्ग छेउछाउका स्थान सडक सन्जालमा जोडिए पनि अधिकांश गाउँबस्तीमा सडक पुगेको थिएन । 


०७४ को स्थानीयको निर्वाचनपछि जनप्रतिनिधिले सडक विकासमा प्राथमिकता दिएपछि यहाँका धेरै गाउँबस्ती सडक सन्जालमा जोडिएका छन् । सडकसँगै अरू पनि विकास हुने भएकाले जनप्रतिनिधिले सडक निर्माणलाई प्राथमिकता दिएका हुन् । जुम्लाका ८ स्थानीय तहका ६० वटै वडामा ग्रामीण सडक पुगिसकेका छन् । 


हिमा गाउँपालिकाले चार वर्षको अवधिमा करिब ६५ किलोमिटर सडक निर्माण गरेको छ । भौगोलिक रूपमा विकट हिमा गाउँपालिकाका ७ वटै वडाका साढे ३ दर्जन बस्तीलाई यातायातको पहुँचमा ल्याउने उद्देश्यले धेरै रकम लगानी गरेर ५७ किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । 

 

उनका अनुसार पालिकाका सबै बस्तीमा सडक पुगे पनि गाडी गुड्न भने बाँकी छ ।  हिमा पालिकाका प्राविधिक प्रवेश देवकोटाका अनुसार चार वर्षमा निर्माण भएको करिब ५७ किमि सडकमध्ये कतै स्तरवृद्धि र कतै आरसिसी भइरहेको छ ।

 

हिमाको तथ्यांकअनुसार साढे चार वर्षमा दियार गाउँ हुँदै मोफ्लासम्म १५ किलोमिटर, पाथखोला हुँदै कालीकोट जोड्ने सडक ५ किलोमिटर, भूगोलपाटादेखि बुअ गाउँसम्म २ दशमलव ५ किलोमिटर, कालिका मावि हुँदै तलिकुडु जारजी सडक १५ किलोमिटर निर्माण भएको छ । त्यस्तै, बड्की हुँदै जोगीबाडासम्म १ दशमलव ५ किलोमिटर, बड्की हुँदै ओदीसम्म १२ किलोमिटर, सेरगाउँ पिगीसम्म १ किलोमिटर र कुडु बन्चरीकाँडा–च्यामेले खर्कसम्म ३ किलोमिटर गरी जम्मा करिब ५७ किमि ग्रामीण सडक निर्माण भएको छ । 

 

४८० मिटर आरसिसी 
सेरगाउँ–पिगीसम्म थप ३ दशमलव ८ किलोमिटर र जोगीबाडा–च्याल्से हुँदै च्यामा जोड्ने ५ किलोमिटर सडक निर्माणका लागि टेन्डर आह्वान भइसकेको प्राविधिक देवकोटाले जानकारी दिए । ओदी गाउँदेखि नेत्रज्योति माविसम्मको ४ सय ८० मिटर बाटो आरसिसी भएको छ । 


हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले सडक, शिक्षा, स्वास्थ्य कृषि क्षेत्रलाई प्राथमिकता दिँदै बजेट लगानी गर्दै आएको बताए । उनले भने, पालिकाभरिका सबै बस्तीमा सडक पुगेका छन् । केही गाउँमा गाडी पुग्न बाँकी छ । सडक स्तरवृद्धि गरेर कार्यकाल अवधिभर गाउँमा गाडी पु¥याउने लक्ष्य राखेका छौँ ।’

 

मोटरबाटोबिना गाउँका कृषि उत्पादनले बजार नपाउने, स्थानीयको जीविकोपार्जनमा सुधार नआउने भएकाले सडक विकासमा जोड दिइएको उनले बताए । उनले भने, ‘अब गाउँमा पुगेका सडकलाई आर्थिक समृद्धिसँग जोड्न थप लगानी गर्न पालिका तयार छ ।’