close

भीमादमा १६ करोडका पाँच योजना

भीमादमा १६ करोडका पाँच योजना

Trulli
ADVERTISEMENT

तनहुँ- भीमाद नगरपालिकामा यस चालु आर्थिक वर्षमा १६ करोडका पाँच वटा योजनाको निर्माण अघि बढाइएको छ । सहरी विकास मन्त्रालयले विनियोजन गरेको २५ करोड बजेटमा १५ करोड ९७ लाखमा ठेक्का सम्झौतापछि निर्माण प्रक्रिया अघि बढाइएको हो । 

ठेक्का सम्झौताअनुरुप जलौदीदेखि मालेबगर जोड्ने करिब दुई दशमलव दुई किमी कालोपत्रका लागि पाँच करोड बजेट विनियोजन गरिएको छ । भीमगोफा मोटरमार्गको दुई दशमलव सात किमी दूरीमा स्तरोन्नतिका लागि तीन करोड विनियोजन भएको नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए । 

त्यसैगरी किहुँ मार्गमा एक दहमलव २० किमी ढलान गर्न दुई करोड ४४ लाख, शवदाहस्थल निर्माण र प्रवेशद्वार निर्माणार्थ दुई करोड विनियोजन भएको छ । भीमाद-६ सेतीनदी किनारमा निर्माण गरिने शवदाहस्थल डेढ वर्षमा सम्पन्न गर्नेगरी सम्झौता भएको नगरप्रमुख सुवेदीले बताए । 

त्यसैगरी सिद्धगुफामा पर्यटन प्रवर्द्धनका लागि दुई करोड ५० लाख बजेट विनियोजन भएको थियो ।