close

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । 

नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका आबेको उपचारका क्रममा निधन भएको जापानको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ । 

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आबे आठ वर्ष लगातार प्रधानमन्त्री रहे । उनको ६७ वर्षको उमेरमा निधन भएको हो ।