close

श्रीलंकाका प्रधानमन्त्रीले भने- 'राजीनामा दिन तयार छु'

श्रीलंकाका प्रधानमन्त्रीले भने- 'राजीनामा दिन तयार छु'

Trulli
ADVERTISEMENT

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।

सरकार विरोधी प्रदर्शनले उग्र रूप लिएपछि उनले आफू राजीनामा दिएर संयुक्त सरकार बनाउन तयार रहेको बताएका हुन् । 

उनले देश र जनताको सुरक्षाका लागि आफू राजीनामा दिन तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

शनिबार साँझ उनले ट्विटरमार्फत सबै राजनीतिक दलका नेताहरूबाट आउने सबैभन्दा उपयुक्त विकल्प स्वीकार गर्न तयार रहेको पनि बताएका छन् ।

यसअघि आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका थिए ।

सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा मागिएको थियो । 

राष्ट्रपतिको सरकारी आवासमा आज प्रदर्शनकारी प्रवेश गरेपछि गोटाबाया सुरक्षित स्थानतर्फ भागेका छन् । तर उनी कहाँ छन् भन्ने हालसम्म खुलाइएको छैन ।

श्रीलंकाका सभामुख महिन्दा यापा एवेयवारदेनाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिएर सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउनुपर्ने सुझाव दिइएको थियो ।