close

श्रीलंकाका प्रधानमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो !

श्रीलंकाका प्रधानमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो !

Trulli
ADVERTISEMENT

करिब ६ महिनादेखि गम्भीर आर्थिक संकट झेलिरहेको श्रीलंकामा शनिबार दिउँसो प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका थिए ।

शनिबार दिउँसो राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले त्यहाँ प्रधानमन्त्री रणिल विक्रमासिंगेको निवासमा शनिबार राति आगजनी समेत गरेका छन् । 

शनिबार दिउँसो मात्रै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गर्नुअघि नै राष्ट्रपति गोटबया राजापाक्ष भागिसकेका छन् । 

'प्रदर्शनकारीले सुरक्षाकर्मीको घेराबन्दी तोड्दै प्रधानमन्त्री विक्रमासिंगेको निवास कब्जा गरेर आगजनी गरेका छन्', त्यहाँको प्रधानमन्त्रीको कार्यालयले भनेको छ । 

त्यसैगरी प्रदर्शनकारीले प्रधानमन्त्री विक्रमासिंगेले प्रयोग गर्दै आएका सरकारी तथा निजी गाडीमा पनि तोडफोड र आगजनी गरेका छन् । 

प्रदर्शनकारीले आगजनी गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।