close

श्रीलंकाका पूर्व प्रधानमन्त्री र रक्षामन्त्रीलाई देश छाड्न प्रतिबन्ध

श्रीलंकाका पूर्व प्रधानमन्त्री र रक्षामन्त्रीलाई देश छाड्न प्रतिबन्ध

Trulli
ADVERTISEMENT

श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ ।

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दासँगै र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई पनि जुलाई २८ सम्म अनुमतिविना देश नछाड्न आदेश दिएको हो ।

यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उनीहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाएको हो । अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर र अरु केही व्यक्तिलाई पनि देश छाड्न प्रतिबन्ध लगाएको छ ।

अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक संकट उत्पन्न हुनुमा जिम्मेवार रहेको लगायतका आरोप लगाउँदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ ।  

श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि आम नागरिकको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री राजापाक्षले राजीनामा दिएका थिए । प्रदर्शन चर्किएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले पनि राजीनामा दिएर देश छाडेका छन् ।

नयाँ राष्ट्रपति चयनका लागि आगामी जुलाई २० मा निर्वाचन हुने छ ।