close

अमेरिकाको एक मलमा गोली चल्यो, तीन जनाको मृत्यु

अमेरिकाको एक मलमा गोली चल्यो, तीन जनाको मृत्यु

Trulli
ADVERTISEMENT

अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएकाे छ ।

आइतबार ग्रीनवुड पार्क मलमा भएको घटनामा अन्य तीन जना घाइते भएका छन् ।

त्यहाँको प्रहरीका अनुसार गोली हान्ने व्यक्तिको पनि ज्यान गएको बिबिसीले जनाएको छ । ​

सुरक्षाकर्मीको जबाफी फायरमा आक्रमणकारी मारिएको ग्रीनवुड इन्डियानाका मेयर मार्क मायर्सले बताएका छन् । 

संदिग्ध पुरुष भएको र उनको अहिलेसम्म पहिचान नभएको इन्डियाना प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

यसअघि गत जुलाई ४ मा शिकागोस्थित एउटा परेडमा अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु हुनुका साथै ३५ भन्दा बढी घाइते भएका थिए ।