close

श्रीलंकाको राष्ट्रपतिमा विक्रमसिंघे चयन

श्रीलंकाको राष्ट्रपतिमा विक्रमसिंघे चयन

Trulli
ADVERTISEMENT

काठमाडौं । श्रीलंकाकाे राष्ट्रपतिमा रनिल विक्रमसिंघे चयन भएका छन् ।  अलोकप्रिय प्रधानमन्त्रीको रुपमा दर्ज भएका  सि‌ंह नै राष्ट्रपति पदमा चयन भएका हुन् ।

उनले १३४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी दलस अलापेरुमाले ८२ मत पाएका छन् । २२३ सांसद रहे पनि २ जना सांसद मतदानमा अनुपस्थित भए भने ४ मत बदर भयो ।

राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने  प्रतिबद्धता जनाएका  छन् । 

देश आर्थिक संकटमा फसेपछि नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका छन् । देश छाडेर भागेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपति चयन गरिएको हो । उनको कार्यकाल २०२४ को नोभेम्बरसम्म रहनेछ ।