close

भारतमा एकैदिन थपिए १५ हजार कोरोना सङ्क्रमित

भारतमा एकैदिन थपिए १५ हजार कोरोना सङ्क्रमित

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १४ हजार ८३० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । 

हिजो १६ हजार ८६६ जना सङ्क्रमित भएका  थिए । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब  चार करोड ३९ लाख  पुगेको छ  । हाल यहाँ एक लाख  ४७ हजार  ५१२ सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार १३९ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ५० हजार पाँच भन्दा बढी पुगेको छ । 

मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २७ हजार ८ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ । 

सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोही क्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।