close

रुसमा गाभिने कि नगाभिने भनेर युक्रेनमा जनमत संग्रह हुने !

रुसमा गाभिने कि नगाभिने भनेर युक्रेनमा जनमत संग्रह हुने !

Trulli
ADVERTISEMENT

काठमाडौं । युक्रेनका ४ सहरहरूमा जनमतसंग्रहको तयारी भइरहेको बिबिसीले समाचारमा उल्लेख गरेको छ । 

रुसमा गाभिने कि नगाभिने भन्ने विषयमा युक्रेनका लुहान्स्क, दोनेत्स्क, खेरसान र जेपोरजियामा जनमत संग्रह हुन लागेको हो । रुसले कब्जामा लिइसकेको ती ४ सहरमा सेप्टेम्बर २३ देखि २७ सम्म जनमत संग्रह हुने भएको हो । 

युक्रेनी नागरिकहरुले रुसमा गाभिने कि नगाभिने भनेर आफ्नो मत व्यक्त गर्ने रुसी अधिकारीहरुले बताएका छन् । रुसले जनमत संग्रह गर्न लागेपछि पश्चिमा देशहरुले विरोध जनाएका छन् ।