close

आकाशमै पाइलटको मृत्यु भएपछि...

आकाशमै पाइलटको मृत्यु भएपछि...

Trulli
ADVERTISEMENT

रुस । विमान उडानकै क्रममा रसियामा एक पाइलटको मृत्यु भएपछि को-पाइलटले आकस्मिक अवतरण गरेका छन् ।  नोभोकुज्नेत्स्कबाट सेन्ट पिटर्सबर्ग गइरहेको बोइङ विमानका पाइलटको उडानकै क्रममा मृत्यु भएको हो । 

रुसी समाचारले दिएको समाचारअनुसार ककपिटमै पाइलट बितेपछि कोपाइलटले ओम्स्क विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । उडानका क्रममा पाइलटको स्वास्थ्य बिग्रेको थियो । त्यसपछि कोपाइलटले विमानलाई ओम्स्क विमानस्थलमा अवतरण गरेका थिए । पाइलटको निधनको कारणबारे केही खुलाइएको छैन । 

रूसी अनुसन्धान समितिको यातायातका लागि पूर्वी अन्तरक्षेत्रीय अनुसन्धान विभागका प्रमुखका शीर्ष सहायक पेत्रुशिना एकटेरिनाले अवतरण सहज रूपमा भएको बताइन् । 

साथै, फ्लाइट को मृत्युबारे अनुसन्धान भइरहेकोओम्स्क क्षेत्रको स्वास्थ्य मन्त्रालयका अधिकारिले जनाएका छन् । पाइलटका नाम भने गोप्य राखिएको छ ।