close

३५०० किलो कोकिन बरामद

३५०० किलो कोकिन बरामद

Trulli
ADVERTISEMENT

इक्वेडर । ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ ।

सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउँन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा प्क्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले  बताएका छन् ।  सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागुऔषध बरामद गरिएको छ।

इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागूऔषधको तस्करी विरुद्धको लडाइँको घोषणा गरेका छन् ।  

बुधबार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागूपदार्थको तस्करी विरुद्ध लड्न अन्तरराष्ट्रिय सहयोगको लागि आह्वान गरेका छन् ।