close

बङ्गलादेशमा डुङ्गा पल्टिँदा १६ जनाको मृत्यु

बङ्गलादेशमा डुङ्गा पल्टिँदा १६ जनाको मृत्यु

Trulli
फाइल फोटो
ADVERTISEMENT

बङ्गलादेशको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा डुङ्गा पल्टिएको हो ।

"अहिलेसम्म महिला र बालबालिका सहित १६ जनाको शव निकालिएको छ," पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयले सिन्ह्वालाई बताएका छन् ।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।