close

विद्यालयमा गोली चल्दा ६ बालबालिकाको मृत्यु

विद्यालयमा गोली चल्दा ६ बालबालिकाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । मध्य रुसको इजेभस्क सहरको एक विद्यालयमा गोली चलेको छ ।  यस गोली प्रहारमा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

पीडितहरूको विषयमा हाल विस्तृत विवरण भने प्राप्त नभएको पनि मन्त्रालयले थप जानकारी दिएको छ । गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको छ । 

उनले आत्महत्या गरेका जनाइएको छ  । यस सहरका गभर्नर अलेक्जेन्डर ब्रेचालोभले मृत्यु हुनेमा बालबालिका रहेको पुष्टि गरेका छन् ।