close

डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । बङ्गलादेशको राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ ।

यहाँका स्थानीय सञ्चार माध्यमहरुले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए । उनले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको तथा आइतबार रातिसम्ममा २४ जनाको शव भेटिएको जानकारी दिए । 

सो डुङ्गामा एक सय जनाजति यात्रु रहेका बताइएको छ । अहिले पनि डुङ्गामा रहेका अरु १२ जना जति यात्रु हराइरहेका पनि ती प्रहरी प्रमुखले जानकारी दिनुभएको छ ।

उद्धारका लागि प्रहरी परिचालन गरिएको र हराइरहेका व्यक्तिको खोजीका काम जारी राखिएको उनले जानकारी दिए ।