close

जेलभित्र झडप हुँदा १५ जनाको मृत्यु

जेलभित्र झडप हुँदा १५ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

इक्वेडरको मध्य इक्वेडर सहर लाटाकुंगामा रहेको एक जेल दङ्गामा परी सोमबार दिउँसो कम्तीमा १५ कैदीको मृत्यु हुनुका साथै २० जना घाइते भएका इक्वेडरको राज्य महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
 
कैदीहरूको समूहबीच भएको भिडन्तपछि पन्ध्र शवहरू फेला परेका अधिकारीहरूले ट्वीट गरेको बताइएको छ ।  लागूऔषध विरोधी अधिकारीहरूले मुख्य लागूऔषध तस्करहरूमध्ये एक मान्निने र मनी लान्ड्रिङको आरोपमा मुद्दा चलाइएको लिआन्ड्रो नोरेरो पनि मारिएका मध्ये एक रहेका जनाइएको छ ।

दङ्गाको कारण अझै अनुसन्धानरत रहेको जनाइएको छ । इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले मृतकका परिवारप्रति समवेदना व्यक्त गरे । सन् २०२१ कारागार हिंसामा परी ३०० भन्दा बढी कैदीहरु माएिका थिए ।  सन् २०२२ मा पनि यो स्थिति जारी रहेको बताइएको छ ।

सरकारले कारागार नियन्त्रणका लागि लागूऔषध कारोबारी समूहबीचको झडपका कारण बारम्बार कारागारमा भएको दङ्गालाई जिम्मेवार ठहर गर्दै लागूऔषध माफियाविरुद्ध लड्ने घोषणा गरेको छ ।