close

टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु

टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । उत्तरी टर्कीको बार्टिन प्रान्तमा रहेको एउटा कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु भएको छ । खानीमा अझै पनि कयौं मानिस फसेको बताइएको छ ।

खानीमा विष्फोट हुँदा झण्डै ११० जना काम गरिरहेको बताइएको छ । करिब ३०० मिटर गहिरो खानीमा झण्डै आधा भागतिर ती कामदारहरू काम गरिरहेको बताइएको छ ।

टर्कीका स्वास्थ्य मन्त्रीका अनुसार खानीबाट ११ जनाको उद्दार गरिएको छ । उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । खानीमा फसेका कामदारहरुको जीवितै उद्दार गर्न आपतकालिन कामदारहरू रातभर चट्टान खनेर खानीमा पुग्ने प्रयास गरिरहेका छन् ।

खानीमा फसेका आफ्ना प्रियजनको पर्खाइमा उनीहरूका परिवारका सदस्य खानी बाहिर कुरिरहेका छन् ।