close

५५ हजार संदिग्ध गिरोह पक्राउ

५५ हजार संदिग्ध गिरोह पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति नायब बुकेले सात महिना अघि आपराधिक समूहहरू विरुद्ध "युद्ध" घोषणा गरेदेखि हालसम्म एल साल्भाडोरमा प्रहरीले ५५ हजारभन्दा बढी कथित गिरोहका सदस्यहरूलाई पक्राउ गरेको छ ।

सरकारले वारेन्ट बिना नै त्यस्ता संदिग्धहरूलाई पक्राउ गर्न आपतकालीन अधिकार दिएको गत मार्चदेखि अहिलेसम्म गिरोहका  ५५ हजारभन्दा बढी पक्राउ गरिएको मन्त्री गुस्ताभो भिल्लाटोरोले बताएका छन् । कुल ६५ लाख जनसङ्ख्या रहेको देशमा  विद्रोही गिरोहका सदस्यहरू पक्राउ पर्ने क्रम बढ्दो छ । 

"हामीले (संगठित अपराध विरुद्ध) युद्ध जित्दैछौं र यी आतङ्ककारीहरूलाई पक्राउ गर्न हरेक दिन हजारौं प्रहरी र सिपाहीहरू तैनाथ गरिरहनेछौं," भिल्लाटोरोले  उल्लेख गरेका छन् ।

प्रहरी र सैन्य बलहरूले  १ हजार ६४४  थान बन्दुक,  २,०२६ सवारी साधन, १२ हजार ८४२ सेल फोन र  १२ लाख मिलियन डलर बरामद गरेको बताइएको छ । 

कैदीहरूको बढ्दो सङ्ख्यालाऐ लक्ष्यित गर्दै साल्भाडोरका न्यायिक अधिकारीहरूले देशको मध्यभागमा रहेको ग्रामीण क्षेत्र टेकोलुकामा  ४० हजार  अट्न सक्ने क्षमताको जेल निर्माण गरिरहेका छन्।