close

इराकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको बधाई

इराकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको बधाई

Trulli
ADVERTISEMENT

काठमाडौं । इराकको राष्ट्रपति निर्वाचित भएकामा अब्दुल लातिफ रसिदलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले बधाई दिएका छन् । 

शनिबार भएको निर्वाचनमा यहाँको राष्ट्रपतिमा रसिद निर्वाचित भएका हुन् । यस अवसरमा चिनियाँ राष्ट्रपति चिनफिङले शनिबार एक बधाई सन्देश दिएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति चिनफिङले चीन र इराकका बीचमा विगत लामो समयदेखि आपसी सम्बन्धका साथै पारस्परिक सम्बन्धको विकास हुदै आएको र आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप अगाडि बढाइने बताए । 

राष्ट्रपति चिनिफिङले चीन इराकका नव नियुक्त राष्ट्रपतिसँग मिलेर काम गर्न चीन तयार रहेको बताए।   उहाँले इराकी राष्ट्रपति र यहाँका जनतालाई पठाएको सो सन्देशमा आगामी दिनमा चीन र इराकबीच मिलेर काम गर्ने र दुई देशको आपसी हितका क्षेत्रमा समझदारीका लागि सहकार्यका साथ अघि बढ्न पर्नेमा पनि सो सन्देशमा जोड दिए ।