close

इभिन जेलभित्र आगलागी हुँदा ८ को मृत्यु, ७० जनाको उद्धार

इभिन जेलभित्र आगलागी हुँदा ८ को मृत्यु, ७० जनाको उद्धार

Trulli
ADVERTISEMENT

काठमाडौं । तेहरानको इभिन कारागारमा शनिबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ ।  थप चार कैदीको गम्भीर चोटका कारण अस्पतालमा मृत्यु भएको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले सोमबार जनाएको छ ।

इरानी न्यायपालिकाको मिडिया सेन्टरलाई उद्धृत गर्दै बताइएअनुसार अन्य ६ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ।

घटनाको रात कारागारका अधिकारी, प्रहरी बल र आपतकालीन कर्मचारीले ७० भन्दा बढी थुनुवालाई आगलागीबाट उद्धार गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसअघिका रिपोर्टहरूका अनुसार वार्डमा कैदीहरूबीच चोरी र आर्थिक अभियोगमा झडप भएपछि ठूलो आगो सल्किएको थियो जुन जेलको टेलरिङ कार्यशालामा समेत फैलिएको थियो।