close

युगान्डामा इबोलाले महामारीको रुप लिँदै : २४ जनाको मृत्यु

युगान्डामा इबोलाले महामारीको रुप लिँदै : २४ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्ला दिनहरूमा अफ्रिकी देशहरूमा इबोला संक्रमणको प्रकोप बढेकाको छ भने युगान्डामा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । युगान्डाको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच जनाले ज्यान गुमाएका पुष्टि गरेको छ ।

पछिल्लो पटक सङ्क्रमणका दुई नयाँ घटना दर्ता भएपछि सङ्क्रमितको संख्या ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमण नियन्त्रणका लागि मुबेन्दे र छिमेकी कसण्डा जिल्लामा २१ दिनदेखि लकडाउन र कर्फ्यु लगाइएको छ । विश्व स्वास्थ्य संगठनले अफ्रिकी देशका बीचमा इबोला नियन्त्रणका लागि अन्तर देशीय समन्वय गर्न आवश्यक रहेको बताएको छ।

इबोला भाइरस संक्रमित व्यक्तिको र्‍याल, रगत, दिसा, पिसाब, पसिना, वीर्य, योनि रस आदिबाट स्वस्थ व्यक्तिलाई सर्छ। भाइरस शरीरमा प्रवेश गरेको दुईदेखि २१ दिनमा लक्षण देखिन थाल्छ। संक्रमितमा यो रोगको लक्षण देखिएपछि मात्र अरू व्यक्तिलाई रोग सार्न सक्छ। लक्षण नदेखिने अवधिमा संक्रमितबाट स्वस्थ व्यक्तिलाई सर्दैन। ज्वरो, घाँटी खसखस, मांसपेशी र टाउको दुख्नु, शरीरमा विभिन्न प्रकारका धब्बा देखिनु, वाकवाकी लाग्नु, पखाला आदि यसका लक्षण हुन्। यो रोगको मृत्युदर ९० प्रतिशतसम्म छ।