close

युक्रेनी महत्त्वपूर्ण ४ क्षेत्रमा रुसको सैनिक शासन

युक्रेनी महत्त्वपूर्ण ४ क्षेत्रमा रुसको सैनिक शासन

Trulli
ADVERTISEMENT

काठमाडौं । रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा सैनिक शासन लागू गरेको घोषणा गरेको छ । 

टेलिभिजनमा प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा रुसी राष्ट्रपति पुटिनले रूसी महासंघ डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल सैनिक शासन लागु गर्ने आदेशमा हस्ताक्षर गरेको बताएका हुन् । 

सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला पुटिनको यो घोषणा आएको हो । 

रूसी कानुनअनुसार सैनिक कानुनले सेनाको सुदृढीकरण, कर्फ्यू, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिकको नजरबन्दको अनुमति दिन्छ।