close

४५ दिनमै बेलायतकी प्रधानमन्त्रीले दिइन् राजीनामा

४५ दिनमै बेलायतकी प्रधानमन्त्रीले दिइन् राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी छन्। 

बिहीबार साँझ उनले राजीनामा दिएकी हुन्। उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण  सरकारको तीव्र आलोचना भएको थियो। 

उनले पत्रकारहरूसँग कन्जरभेटिभ पार्टीले जुन म्यान्डेटका साथ आफूलाई निर्वाचित गरेको थियो सो पूरा गर्न नसक्ने अवस्था रहेको बताइन् । यसअघि आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन्। पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। 

बेलायतकी तेस्रो महिला प्रधानमन्त्री बनेकी ट्रस सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री हुने व्यक्ति भएकी छन्। बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीको बहुमत भएकाले अब उक्त पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन्। 

उनले राजा चार्ल्स तृतीयलाई राजीनामाबारे जानकारी गराइसकेको र आगामी साता कन्जरभेटिभ पार्टीको अध्यक्षको निर्वाचन हुने जनाइन् । बेलायतमा सत्तारूढ दलको अध्यक्ष प्रधानमन्त्री बन्ने व्यवस्था छ ।