close

भोलि हुने निर्वाचनमा दाजुभाइको भिडन्त

भोलि हुने निर्वाचनमा दाजुभाइको भिडन्त

Trulli
ADVERTISEMENT

काठमाडौं । क्यानडाको ओन्टारियो प्रान्तमा पर्ने पोट कोल्बेन्ट नगरपालिकामा एकै घरका दाजुभाइ मेयरमा प्रतिस्पर्धा गर्दैछन् । आगामी निर्वाचनका लागि पोट कोल्बेन्टका मेयर बिल स्टिल र उनका दाजु चार्ल्स स्टिल प्रतिष्पर्धामा उत्रिएका हुन् । 

यस पटकको चुनावमा बिल स्टिल पुन: निर्विरोध मेयर बन्ने दाउमा थिए । तर उम्मेदवारी दर्ताको म्याद सक्किनुभन्दा अघिल्लो दिनमात्र उनका दाजु चार्ल्स स्टिलले उम्मेदवारी दर्ता गरेपछि निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने बताइएको छ । 

दाजुभाइबीचको चुनावी प्रतिस्पर्धाका कारण २० हजार जनसंख्या भएको यो शहरबारे क्यानडाभर चर्चा छ । ‘भाइको विरुद्धमा कसैले उम्मेरदवारी नदिएकाले लोकतन्त्र जोगाउन मैले उम्मेदवारी दिएको हुँ । म शक्ति सत्ताको हैन जनताको हातमा सुम्पन चाहन्छु ।’ चार्ल्सले भने । 

बिल स्टिलले नगर काउन्सिलर भएर १७ वर्ष काम गरेका थिए भने चार्ल्सले १८ वर्षको उमेरदेखि हुलाकी भएर काम गरेका थिए । अहिले उनले अवकास पाइसकेका छन् । चार्ल्सले घरबारविहीनको हित र करको मुद्दामा आवाज उठाउन ग्रासरुट अभियान चलाएका छन् । उनी भन्छन्, ‘नागरिकले करको भार थाम्न नसक्ने भइसकेको छ । पानीको भाउ पनि गगनचुम्बी बनेका छन् ।’

भाइले पहिले आफ्नो उम्मेदवारीलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँछन् । तर अहिले उनले उठाएको सवालका कारण कडा प्रतिष्पर्धीको रुपमा हेरिएको छ ।

साना मानिसको लागि आफू रहेको बताउने चार्ल्स र दोस्रो कार्यकालको लागि मेयरमा उठेका बिलमध्ये को मेयर बन्छन् भन्ने जिज्ञाशा मेटाउन अक्टोबर २४ अर्थात भोलि हुने चुनावको नतिजा पर्खिनुपर्छ ।