close

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले दिए युक्रेनी राष्ट्रपतिलाई सघाउने आश्वासन

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले दिए युक्रेनी राष्ट्रपतिलाई सघाउने आश्वासन

Trulli
ADVERTISEMENT

लण्डन । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताएका छन् ।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलायतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सधै युक्रेनको साथमा बेलायत रहेको स्पष्ट गरेका छन् ।

कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्रेनको स्वतन्त्रताको पक्षधर बेलायत किएभको आजीवन मित्र बन्ने र युक्रेनलाई समृद्ध एवम् अग्रगामी देशको रूपमा पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

“रूसी आक्रमणविरुद्ध उभिने तपाईंको अटल साहसले विश्वभरका शान्तिप्रिय र स्वतन्त्रताप्रेमी व्यक्तिमा आशा जगाएकोे तथा निरङ्कुशहरू कहिल्यै विजयी नहुने स्पष्ट सन्देश प्रवाह गरेको छ,” युक्रेनी राष्ट्रपतिको प्रशंसामा बेलायतका प्रधानमन्त्रीका भनाइ उद्धृत गर्दै किएभ पोष्टमा आज प्रकाशित समाचारमा भनिएको छ ।