close

डुङ्गा डुब्दा हराएका २० यात्रुको शव फेला

डुङ्गा डुब्दा हराएका २० यात्रुको शव फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । ग्रिकको इभामा अवस्थित समुद्री किनारमा डुङ्गा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ । उद्धारकर्मीहरूले ती शव निकालेको अधिकारीहरूले जानकारी दिएका छन् । उद्धारकर्मीहरूका अनुसार सो क्षेत्रमा मङ्गलबार डुँगा डुब्दा उनीहरू हराएका थिए । 

मङ्गलबारदेखि उद्धारकर्मीहरूले खोजी जारी राखेका र बुधबार उनीहरूको शव भेटिएको बताएका छन् । ग्रिकको राष्ट्रिय समाचार समितिले डुङ्गा डुबेपछि मंगलबार नै उद्धारकर्मीहरू त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ । सोही दिन १२ जनालाई जीवितै उद्धार गरिएको पनि सो समाचार समितिले जनाएको छ । 
 
त्यसमा परेका अरू २० जनाको शव बुधबार निकालिएको पनि सो समाचार उद्धारकर्मीलाई उध्दृत गर्दै सो समाचार समितिले जनाएको छ । जीवितै उद्धार गरिएकाहरूले सो डुँगामा ६८ जना यात्रु रहेका जनाएका छन् । त्यस डुँगामा इजिप्ट, अफगानिस्तान र इरानका आप्रबासीहरू रहेका बताइएको छ ।