close

तेस्रो कार्यकालको लागि लण्डनबाट मेयरका उम्मेदवार बनेका सदिक खान

तेस्रो कार्यकालको लागि लण्डनबाट मेयरका उम्मेदवार बनेका सदिक खान

Trulli
ADVERTISEMENT

काठमाडाैं । सदिक खान लण्डनको मेयरका लागि तेस्रो पटक उम्मेदवार बनेका छन् । उनले लेबर पार्टीबाट पुन उम्मेदवारी  दिएका हुन् । 

दुई पटक लण्डनको मेयर बनिसकेका खान पहिलोपटक सन् २०१६ मा मेयर पदको लागि चुनिएका थिए । उनले मेयरको लागि चुनिँदा आफ्नो दल र ट्रेड युनियनहरुले देखाएको विश्‍वासप्रति आफुलाई गर्व लाग्ने बताएका थिए । 

यदि उनले सन् २०२४ मा हुने निर्वाचन पनि जिते भने लण्डनमा तीन कार्यकालसम्म सेवा गर्ने पहिलो मेयर बन्ने छन्। उता कन्जरभेटिभ पार्टी र  लिबरल डेमोक्रेट्स पार्टीले भने हालसम्म मेयरका लागि आफ्नो पार्टीको उम्मेदवार घोषणा गरेका छैनन्। जोइ गार्वेटले भने ग्रीन पार्टीको उम्मेदवारको रुपमा आफुले उम्मेदवारी दिन लागेको घोषणा गरि सकेकी छिन्। 

सादिक खानले भने ‘हामी लामो यात्रा तय गर्दै यहाँ सम्म आइपुगेका छौँ। अझै लामो बाटो जानु छ ।’ उनले बोरिस जोनसोनलाई मेयर पदबाट स्थानान्तरण गर्दै आफुलाई स्थापित गरेका थिए। 

‘म आफुले आर्जन गरेको अनुभव र ज्ञानको प्रयोग गरेर लण्डनवासीको महत्वपूर्ण सेवा प्रदान गर्न पहिलेभन्दा दृढ छु। जनताको जीविकोपार्जनमा आएको संकटमा सहयोग गर्ने छु।’, उनले भने। 

बिबिसी न्युजबाट अनुवादित समाचार।