close

काठमाडौं महानगरपालिका ‘स्वीस टुटिजम अवार्ड २०२३’ का लागि छनोट

काठमाडौं महानगरपालिका ‘स्वीस टुटिजम अवार्ड २०२३’ का लागि छनोट

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका ‘स्वीस टुटिजम अवार्ड २०२३’का लागि छनोट भएको छ । यसै बर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पत्र पठाउँदै आयोजकले भनेको छन्, ‘पर्यटन क्षेत्रका बैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो । यस क्षेत्रका आयामिक पक्षलाई आम जनता बिच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्ठतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ ।’

काठमाडौँको सांस्कृतिक, धार्मिक र पुरातात्विक इतिहास, मूर्त अमूर्त सम्पदा र जीवन्त सहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको उल्लेख पत्रमा उल्लेख गरिएको छ । ‘यसले विश्वभरका आगन्तुकहरुलाई मोहित बनाउँछ ।’

यो अवार्ड विगत १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका)ले आवेदन दिन सक्छन । आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ । 

प्राकृतिक र सांस्कृतिक सम्पदाहरुलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्धन गर्नु, पर्यटन सेवा मापदण्डलाई प्रतिस्पर्धी बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो । पर्यटन विकासको सम्भावना उच्च बनाउनु, गन्तव्यहरुको सञ्चार र बजारीकरण गरेर शौखिन पर्यटक समक्ष सूचना पुर्याउन मद्दत गर्नु यसको अर्को उद्देश्य हो । अवार्ड कार्यक्रममा स्वीजरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने सहरमा पर्यटनको मुल्य र पेशाका विषयमा चर्चा गरिन्छ । 

स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवर्धक कार्यंक्रममा सहभागी हुनेछन् ।